INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काठमाडौं मनपा–६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङ्गा जिल्ला सिद्धिचरण नपा–३  घर भएका ३५ वर्षीय सन्तोष परियारलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख १८ गते परपुरूषसँग लागेको आरोपमा कुटपिट गरी हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।  पीडित पक्षले घटनाका बारेमा वैशाख १९ गते प्रहरी वृत्त, काठमाण्डौमा उजुरी दिएका थिए ।

मृतकको अनुहार, निधार, पेट तथा छातीमा चोट देखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

शव  पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल,काठमाण्डौं पठाइएको छ ।

अन्य

भिडियो