INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछापमा ३७ ठाउँमा आगलागी, वातावरण प्रदुषणको कारण नागरिकको स्वास्थ्य प्रभावित

रामेछाप जिल्लामा एक महिनाको अवधिमा ३७ ठाउँमा आगलागीका घटना भएका छन् । आगलागीका कारण वातावरण प्रदुषण हुँदा नागरिहरूको स्वास्थ्य प्रभावित बनेको छ ।

आगलागीबाट एक जनाको मृत्यु हुनुको साथै  दुई जना घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

जिल्लाका अधिकांश सामुदायिक वनमा आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा करोडौँ रूपियाँको क्षति भएको छ ।

आगो निभाउन आवश्यक स्रोत साधन र जनशक्तिको अभावको कारण सामुदायिक वनको आगो नियन्त्रणमा आउन सकेको छैन ।

साधन र स्रोत नहुँदा वनको आगो नियन्त्रण गर्न नसकिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला बताउनु भयो ।

आगलागीबाट फैलिएको धुवाँको कारण व्यापक रुपमा प्रदुषण बढेको छ । हावामा समेत आगोको लप्काको तातो आउने गरेको स्थानीय नमिता कार्कीले बताउनु भयो ।

प्रदूषणका कारण स्थानीयमा श्वाँस प्रश्वास, ज्वरो, खोकी लगायतको समस्या देखिएको मन्थली नगर अस्पतालका डा.समिर क्षेत्री बताउनु भयो ।

 

अन्य

भिडियो