INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार हत्या घटनाका आरोपितहरूविरुद्ध उजुरी

ईन्यूज ब्यूरोका कार्यकारी सम्पादक धनुषाधाम नगरपालिका-५ का ३० वर्षीय विनयकुमार यादवको हत्या आरोपमा सोही वडाका ५५ वर्षीय सुशील यादव, २६ वर्षीय वीरेन्द्र यादव, २३ वर्षीय धीरेन्द्र यादव र ३२ वर्षीय ललन भनिने लक्ष्मीनारायण यादवविरुद्ध पीडित पक्षले उजुरी दिनु भएको छ ।

आरोपितहरूले ०८१ वैशाख ११ गते छोराको हत्या गरेको भन्दै मृतकको आमा कान्तिदेवी यादवले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनु भयो ।

घटनास्थल र शवको प्रकृति हेर्दा दाजुको हत्या योजनाबद्ध भएको तर यसलाई दुर्घटनाको रुप दिन खोजिएकोले अनुसन्धानको लागि चार जनामाथि किटानी उजुरी दिएको मृतकका भाइ शङ्करप्रसाद यादवले बताउनु भयो ।

शवको पोष्टमार्टम वैशाख १२ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन आवाले बताउनु भयो ।

त्यस्तै, पीडित पक्षले दिएको उजुरी बुझ्दै जिल्ला प्रहरी कार्यालय धनुषा, अपराध अनुसन्धान शाखाका सई सिकेन्द्रकुमार कामतले घटनाको अनुसन्धान गरी आरोपितलाई कानुन अनुसार कारबाही गर्ने बताउनु भयो ।

अन्य

भिडियो