INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी बराहताल गुर्भाकोट नगरपालिका–१३ की २५ वर्षीया जमुना परियारलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि वैशाख १८ गते आर्थिक सहयोग गरेको छ ।

पीडित महिलाकी ३८ वर्षीय पति तेज बहादुर नेपालीले पटक पटक कुटपिट गर्ने ,शारीरिक तथा मानसिक यातना दिने गरी घरेलु हिसा हिंसा गरेपछि ०८० फागुन २० गते जिल्ला अदालतमा घरेलु हिंसा सहितको सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नु भएको थियो ।

मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा ०८० चैत २३ गते निवेदन दिनुभएको थियो । थप कानुनी प्रकृयामा जानका लागि  आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको पीडितले बताउनुभयो ।

पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको ०८१ वैशाख १८ गते बसेको बैठकको निर्णय अनुसार नगद सात हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

Photo20240430Surkhet

अन्य

भिडियो