INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित महिलाको न्यायिक प्रक्रियामा सहयोग गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ वैशाख १८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

बलात्कार घटनाका पीडित ३९ वर्षीया महिलालाई सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले न्यायिक प्रक्रियामा सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ ।

मुद्दा जिल्ला अदालतमा कानुनी प्रक्रियामा रहेको भए पनि आर्थिक अभावका कारण मोहन्याल गाउँपालिकाबाट धनगढीस्थित जिल्ला अदालत आउनजाँननै समस्या भएकोले न्यायिक प्रक्रियालाई सहज बनाई दिन भन्दै पीडितले मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

पति भारतमा मजदुरी गर्न जानुभएको र छोराछोरीहरुसँग घरमा एक्लै भएको मौकाछोपी मोहन्याल गाउँपालिका–१ तल्लापानीका ५५ वर्षीय हिरासिंह सापकोटाले ०८० कात्तिक २५ गते बलात्कार गरेपछि आरोपित विरुद्ध ०८० चैत ६ गते ईलाका प्रहरी कार्यालय, सुख्डमा उजुरी दिएको पीडितले बताउनु भयो ।

अन्य

भिडियो