INSEC Online

📅 २०८३ जेष्ठ २१

घर निर्माण कार्यविधि नआउदा अस्थायी आवास निर्माणमा समस्या

घर निर्माण कार्यविधि नआउदा अस्थायी आवास निर्माणमा समस्या भएको छ । सानीभेरी गाउँपालिका– ४ का बुदे कामीको घर गत वर्षको कार्तिक १७ गते गएको भूकम्पले भत्कायो । उहाँ अहिले अस्थायी आवासमा बस्दै आउनुभएको छ । भत्केको घर छिटै बनाउन योजना बनाउनुभएको छ तर घर निर्माण कार्यविधि नआउदा समस्यामा परेको उहाँले बताउनु भयो । भूकम्प पीडितलाई घर नभएर सास्ती भइरहेको समयमा सरकारले कार्यविधिमा अलमलमा गरेकाे उहाँको गुनासो गर्नुभयो ।

‘घर बनाउने योजना बनाएको छु, आफु खुसी घर पनि बनाउन भएन, सरकारले कार्यविधि बनाए पछि मात्रै घर बनाउने भनिएको छ, तरकार्यविधि अहिले सम्म पनि आएको छैन ।’ कामीले भन्नुभयो ।

वर्षात हुँदा अस्थायी टहरामा समस्या हुने भन्दै भुकम्प पीडितहरु घर बनाउने योजनामा छन् । आठविसकोट नगरपालिका– १४ का भिमबहादुर मल्ललाई अस्थायी आवास साघुरो लाग्छ । धेरै परिवार छन् । अस्थायी आवास पनि सानो छ । अन्न का राख्ने । मान्छे का बस्ने । अस्थायी टहरामा समस्या रहेको उहाँले बताउनुभयो ।

‘गँहु काटेको छौ, का राख्ने ? मान्छे का बस्ने ? निकै समस्या भयो । सरकारले स्थायी आवास निर्माणको लागि कार्यविधि बनायो भने हामिलाई घर बनाउन सजिलो हुने थियो ।’ मल्लले भन्नुभयो ।

जिल्लाका भूकम्प प्रभावितहरु घर निर्माण गर्न कार्यविधिको पर्खाइमा छन् । आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले भुकम्प प्रभावित क्षेत्रका भुकम्प पीडितहरु घर निर्माण गर्न सङ्घीय सरकारले निर्माण गर्ने कार्यविधिको पर्खाइमा रहेको बताउनुभयो । ‘ नगरपालिकामा भुकम्पले बढि क्षति गरेका ठाउँमा तत्काल घरहरु निर्माण गर्नु पर्ने भएको छ, अस्थायी आवासमा  गत चैत महिनामा लागेको हावाहुरीले पनि क्षति गरेको छ, भुकम्प प्रभावितहरु आफु खुसी घर निर्माण गर्न सकिरहेका छैनन्, सरकारले कार्यविधि निर्माण गरेर पठाए काम गर्न सजिलो हुने थियो ।’ नगरप्रमुख केसीले भन्नुभयो ।

सानीभेरी गाउँपालिकामा पनि भूकम्प प्रभावितहरु कार्यविधिको पर्खाइमा छन् । भुकम्प प्रभावित क्षेत्रमा हावाहुरीको डरले चर्किएकै घरमा मान्छेहरु बस्न थालेको सानीभेरी गाउँकार्यपालिका प्रवक्ता पहलसिंङ घर्तीले बताउनुभयो । अन्नपात राख्नको लागि पनि चर्किएकै घर प्रयोग गर्ने गरिएको उहाँको भनाइ छ ।

पहिलो किस्ता पाएका र नपाएका गरी जिल्लाभरमा ३१ हजार ४ सय ३६ जना लाभग्राहीले अस्थायी आवास निर्माण गरेका छन् । लाभग्राही कायम भए अनुसार अझै एक हजार ५६० लाभग्राहीले अस्थायी आवास निर्माण गर्न सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार २ हजार ७ सय ६ ओटा अस्थायी आवास निर्माण भइरहेको छ । पहिलो किस्ता पाएको भन्दा अस्थायी आवास निर्माण गर्ने लाभग्राहीको सङ्ख्या बढी छ । पहिलो किस्ता पाएका भन्दा ३ सय ८५ ओटा बढी अस्थायी आवास निर्माण भएको छ ।

Photo20240429Rukumpaschim (2)

अन्य

भिडियो