INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका फरार कसुरदार गिरफ्तार

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कसुुरदार ठहर भई फरार रहेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीका ५५ वर्षीय रामबहादुर भनिने धनबहादुर तामाङलाई प्रहरीले वैशाख १२ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालतले कसुरदार ठहर गरी कैद सजायको फैसला सुनाएका तामाङलाई प्रहरीले तादी गाउँपालिका–४ सातबिसेबाट गिरफ्तार गरी वैशाख १३ गते नुवाकोट जिल्ला अदालतमा पेश गरेका जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

जिल्ला अदालतले वैशाख १३ गते कैद भुक्तानको लागि तामाङलाई कारागार चलान गर्न आदेश दिएको छ ।

कसुरदार तामाङलाई मकवानपुर जिल्ला अदालतको २०५५ माघ १९ गते ९ वर्ष ७ महिना १० दिन कैद सजायको फैसला गरेको थियो ।

अन्य

भिडियो