INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिकालाई बेचबिखन गरेको घटनाका आरोपित गिरफ्तार

साढे दुई वर्षीया बालिकालाई काठमाडौमा पढाउने भनेर ल्याएर झापाको काँकडभिट्टा हुँदै भारतको सिलगुढी बस्ने महिलालाई पठाएको आरोपमा गोदावरी नगरपालिका–४ बडिखेलकी ४३ वर्षीय कल्पना विश्वकर्मालाई ०८१ वैशाख १० गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले मकवानपुर जिल्लाकी पीडित बालिकाका अभिभावकलाई ललाइ फकाइ प्रलोभनमा पारी काठमाडौमा पढाउने आश्वासन दिइ ०८० चैत २९ गते ललितपुर ल्याएर पीडित परिवारलाई २० हजार रुपैयाँ समेत दिएको पाइएको मानव बेचबिखन अपराध अनुसन्धान ब्यूरोको टोलीले जानकारी दिएको छ ।

पीडित परिवारको उजुरी पछि खोजी गरी आरोपित विश्वकर्मालाई गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका एसपी एवम् सूचना अधिकारी नरेश राज सुवेदीले जानकारी दिनु भयो ।

ललितपुर जिल्ला अदालतबाट वैशाख १२ गते पाँच दिनको म्याद थप गरि मानव बेचविबखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा वैशाख १० गते नै गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।

अन्य

भिडियो