INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २४ वर्षीय यज्ञराज बुढाविरुद्ध ०८१ वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

सिमकोट गाउँपालिका–५ स्थित जङ्गलमा वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध वैशाख ३ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, हुम्लाका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले बताउनु भएको छ ।

आरोपित बुढा हाल बराहदल गुल्म रानिवन व्यारेक हुम्लामा नेपाली सेनाको जवान पदमा कार्यरत रहेको र थप अनुसन्धान भइरहेको इन्स्पेक्टर चन्दको भनाइ छ ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ६ गते जिल्ला अस्पतालमा भएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख नन्दबहादुर शाहीले बताउनुभयो ।

अन्य

भिडियो