INSEC Online

📅 २०८३ श्रावण १

हत्या घटनाका आरोपित गिरफ्तार

म्याग्दे गाउँपालिका–६ घर भइ हाल शुक्लागण्डकी नगरपालिका–९ घारी बस्दै आएका ७६ वर्षीय बुवा रापबहादुर विकको हत्या गरेको आरोपमा २६ वर्षीय छोरा दिपक विकलाई प्रहरीले ०८० वैशाख ७ गते गिरफ्तार गरेको छ ।

दिपकले हाल घारी स्थित छोरीको घरमा बस्दै आएका बुवा रापबहादुरलाई वैशाख ७ गते दिउँसो चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपित दिपकलाई तत्कालै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दिपक कुमार रायले जानकारी दिनु भयो ।

घरायसी विवादमा दिपकले बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान सुरु भएको डिएसपी रायले जानकारी दिनु भयो ।

अन्य

भिडियो