नौ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–२ लिम्बूटारका ६४ वर्षीय दिलबहादुर श्रेष्ठलाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई बालिकालाई आरोपितले ०८० साउन ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपित भारतको सिलोङमा बस्दै आएका थिए ।
आरोपितलाई खाँदवारी नगरपालिका १ स्थित बसपार्कबाट ०८१ वैशाख ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जबेगुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० साउन २३ गते गते गरिएको थियो ।