पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत मोतिहारी विहार गोविनजंग घर भइ चितवनको खैरहनी नगरपालिका– ६ पर्सा पुलटोल बस्ने ३२ वर्षीय करण शाह तेलीलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई वैशाख १ गते बलात्कार गरेको भन्दै पीडितको आफन्तले वैशाख २ गते दिएको उजुरीका आधारमा आरोपित लाई प्रहरीले गिरफतार गरेको हो ।
आरोपित विरुद्ध वैशाख ३ गते बलात्कार कसुर शीर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर घटनाको अनुसन्धान भइरहेका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २ गते गोरखा अस्पतालमा भएको थियो ।