INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनमा घाइते भएका राप्रपाका कार्यकर्ता डाँगीको उपचारका क्रममा मृत्यु

राप्रपाले गरेको आन्दोलनमा घाइते भएका बर्दिया जिल्ला  मधुबन नपा–९ निवासी राप्रपा कार्यकर्ता ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा वैशाख ३ गते  काठमाडौँमा मृत्यु भएको छ ।

राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै ०८० चैत २७ गते काठमाडौँमा गरेको प्रदर्शनमा घाइते हुनुभएका डाँगीको  वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको थियो ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्षसमेत रहनु भएका डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित रहेको र आन्दोलनका क्रममा  प्रहरीले प्रहार गरेको अश्रुग्याँसले उहाँको स्वास्थ्यमा झन् बढी समस्या आएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो