INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला बेलका नपा–४ घरभई पनौती नपा–५ स्थित धनेश्वर मन्दिरमा बस्ने ६८ वर्षीय चन्द्रप्रसाद दंगाललाई चैत २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत २१ गते पनौती नगरपालिका–५ स्थित धनेश्वर मन्दिरमा आएको समयमा शौचालयमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।

 पीडितको स्वास्थ्य परीक्षण चैत २२ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो