१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित मिर्चैया नगरपालिका—९ का २२ वर्षीय शिवसागर यादव विरुद्धको मुद्दा जिल्ला अदालतले ०८० चैत २६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्याधीश उपेन्द्रकेशर खनालको एकल इजलासले सो फैसला गरेको हो ।
आरोपितले बालिकालाई ०७८ साउन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज १० गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १० गते भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयाले उजुरी दर्ता गर्यो । ०७९ साउन २४ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भएपनि आरोपित हालसम्म गिरफतार भएका छैनन् ।