INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित गोलबजार नगरपालिका—४ का ३२ वर्षीय ओपेन्द्र भन्ने ओपिन्दर यादव विरुद्धको मुद्दा जिल्ला अदालतले ०८० चैत २५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्याधीश आन्नदराज पन्तको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०७८ भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ ९ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ ९ गते भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयाले उजुरी दर्ता गर्‍यो । ०७९ भदौ ६ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहित पक्राउ पुर्जी जारी भएपनि आरोपित हालसम्म गिरफतार भएका छैनन् ।

अन्य

भिडियो