राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले चैत २४ गते काठमाण्डौंमा गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप केही प्रहरी र प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरुले निषधित क्षेत्र तोड्न खोजे पछि प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोज्दा झडप भएको हो ।
झडपमा प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् भने चार जना अन्य प्रहरीहरु घाइते भएका छन् । यसैगरी प्रदर्शनकारी तर्फ २७ जना समान्य घाइते भएको र १२ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले निषधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई रोक्न खोज्दा झडप भएको बताउनु भयो ।