INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसूरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका—११ भुजेलाका २५ वर्षीय दिपक सुनारलाई ०८० चैत २२ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिजवाना,  ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत कमल घलेले बताउनु भयो ।

पीडित बालिकालाई २०७९ कात्तिक ७ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ कात्तिक १२ गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालय मार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७९ मङ्सिर ५ गते पुर्पक्षका लागि कारगार पठाइएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ कात्तिक ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो