INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुहिक बलात्कारपछि हत्या गरेको अभियोगमा मृतकका पति सहित तीन जनालाई कैद सजाय

आवुँखैरेनी गाउँपालिका– ६ जालभन्ज्याङकी ४५ वर्षीया कुमारी भुजेलको सामुहिक बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा तनहुँ जिल्ला अदालतले मृतकका पति सहित बलात्कारमा संलग्न तीन जनालाई दोषी ठहर गर्दै कैद सजाय गरेको छ ।

न्यायाधीश कमलराज विष्टको चैत २२ गतेको इजलासले उक्त घटनाको छुट्टाछुट्टै दर्ता भएको मुद्दाको अन्तिम फैसला गर्दै कुमारीलाई सामुहिक बलात्कार गरेको अभियोगमा आवुँखैरेनी गाउँपालिका–६ का २२ वर्षीय समबहादुर भुजेललाई १२ वर्ष कैद र २ लाख जरिबाना, १ लाख क्षतीपुर्ती र ४ हजार रुपियाँ पीडित राहात कोषमा जम्मा गर्नु पर्ने सजाय सुनाएको छ । भने सोही घटनामा संलग्न भएका सोही ठाउँका १७÷१७ वर्षीय दुई बालकलाई जनही ८ वर्ष कैद सजाय सुनाएको हो । ति दुई बालकलाई १२ वर्षको कैद सजाय भएपनि नावालक भएको कारण ४ वर्ष कैद मिनाहा भएको जिल्ला अदालतका श्रेस्तेतार केशव पौडेलले जानकारी दिनु भयो ।

सामुहिक बलात्कृत भएकी आफ्नी पत्नीको हत्या गरेको अभियोगमा मृतकका पति ४६ वर्षीय चन्द्र बहादुर भुजेललाई १० वर्ष कैद, १ लाख ५० हजार रुपियाँ क्षतीपुर्ती र ८ हजार पीडित राहत कोषमा जम्मा गर्ने सजाय सुनाएको श्रेस्तेदार पौडेलले बताउनु भयो ।

समबहादुर भुजेल सहित तीन जनाले २०७८ फागुन २८ गते राती पीडितकै घरमा गई मृतकका पति चन्द्रबहादुरलाई समातेर घरबाहिर लगि पालैपालो बलात्कार गरेको आरोप मृतकका छोराले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । मदिरा सेवनबाट लट्ठ भएकी कुमारीलाई आरोपितहरुले पालैपालो बलात्कार गरेको अदालतले पनि ठहर गरेको छ ।

बलात्कार गरेर ति युवाहरु भागेपछि घर भित्र गएका चन्द्रबहादुरले आफ्नै पत्नीले ति युवाहरुलाई बोलाएको आशंकमा ढुङ्गाले टाउकोमा हानी हत्या गरेको भन्दै मृतकका छोराले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित चारै जनालाई २०७८ चैत १ गते गिरफ्ताार गरेको थियो ।

शवको पोष्टमार्टम २०७८ फागुन २९ गते दमौली अस्पतालमा भएको थियो ।

अन्य

भिडियो