१८ वर्षीया महिलालाई तिलाठी कोइलाडी गाउँपालिका–१ का २५ वर्षीय अजयप्रसाद यादवले बलात्कार गरेको मुद्दा ०८० चैत २१ गते मुल्तबीमा राख्ने अन्तिम निर्णय भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासले मुद्दा मुल्तबीमा राख्ने अन्तिम निर्णय गरेको अदलातले जनाएको छ ।
आरोपितले २०७९ असोज ४ गते मोटरसाइकलमा बसाई राजविराज ल्याएर विवाह गर्ने विश्वासमा पारी प्रलोभन देखाई बलात्कार गरेको भन्दै पीडितले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ०७९ कात्तिक ३ गते उजुरी दिनुभएको थियो । यसअघि पनि आरोपितले पटक–पटक बलात्कार गरेको पीडितले बताउनु भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७९ कात्तिक २ गते भएको थियो । जिल्ला प्रहरी कार्यालयमा कात्तिक ३ गते उजुरी दर्ता भएको थियो । अदालतबाट ०७९ पुस १८ गते पक्राउ पुर्जी जारी भएको थियो । आरोपित गिरफ्तार नभए पछि जिल्ला अदालतमा ०८० साउन १८ गते अदालतमा अभियोग पत्र दायर भएको थियो ।