थाहा नगरपालिका— १० स्थित तल्लो बिसिङ्गखेलमा ५० वर्षीया ज्ञानी माया गमालको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय छोरा मिलन गमाललाई ०८० चैत १७ गते गिरफ्तार गरेको छ ।
ज्ञानीमायालाई आरोपितले फागुन ३० गते हत्या गरेको स्थानीयले इलाका प्रहरी कार्यालय चित्लाङमा खबर गरेपछि पुगेको पञ्हरी टोलीले ज्ञानी माया खाटमा मृत अवस्थामा फेला पारेको थियो ।
शव पोष्टमार्टम फागुन ३० गते शिक्षण अस्पताल पठाएकोमा गरी शव आफन्तले बुझेका थिए ।
घटनाको थप अनुसन्धानको क्रममा मिलन गमालले नै घरायसी विवादको हत्या गरेको खुलेपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।