१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौकुण्ड गाउँपालिका–१ का २० वर्षीय लाक्पा घलेलाई चैत २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८० चैत १९ गते बलत्कार गरेको भन्दै पीडितका बुवाले चैत २० गते जिल्ला प्रहरी कर्यालयमा उजुरी दिनु भएको थियो ।
उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केशव भट्टराइले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २० गते जिल्ला अस्पतालमा गरिएको छ ।