३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० चैत १५ गते बरहथवा नगरपालिका–८ का ३५ वर्षीय दिपेश कुमार चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई चैत ९ गते आफ्नै घरमा बोलाइ धाक धम्की दिइ बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।