३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० चैत १५ गते बरहथवा नगरपालिका–१० का ३६ वर्षीय रामकिसुन चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।
पीडित चैत ११ गते आफ्नो घरमा एक्लै भएको अवस्थामा आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।