INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-५ का ३० वर्षीय गणेश शिवालाई ६ वर्ष  कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० चैत १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै ६ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो । अदालतको सोही आदेशले कसुरदारलाई २ लाख ५० हजार रुपियाँ जरिबाना, राहत कोषमा १० हजार रुपियाँ जम्मा गर्न र १० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार केसीले बताउनु भयो । पीडित बालिकालाई आरोपितले ०७९ पुस ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले माघ २ गते खाँदबारी नगरपालिका-५ माल्टाबाट गिरफ्तार गरी ०७९ माघ ८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०७९ माघ १२ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा २०७९ माघ २ गते गरिएको थियो ।

अन्य

भिडियो