INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानविय व्यवहार घटनाका आरोपित हाजिर

छिन्नमस्ता गाउँपालिका–७ बरही विरपुरकी ४० वर्षीया कुलसुम खातुनलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४० वर्षीय तस्लिम मन्सुरी ०८० चैत १४ गते हाजिर भएका छन् ।

सप्तरी जिल्ला अदालतले हाजिर भएका मन्सुरीलाई तत्कालै पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा पठाएको छ । पीडितलाई २०७८ पुस २३ गते आरोपितसहित सोही ठाउँका ४१ वर्षीय मन्सुफ मन्सुरी, तस्लिमका भाइ ३५ वर्षीय ताहिर मन्सुरी, तस्लिमका छोरा २२ वर्षीय इसराइल मन्सुरी, र २४ वर्षीय इन्ताज मन्सुरीले बोक्सीको दोष लगाई कुटपिट गरेको भन्दै पीडितका पति मुर्तुजा मियाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

कुलसुमलाई कपाल समाती लडाइ बोक्सी भन्दै कुटपिट गरेको पीडितले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले ०८० कात्तिक १६ गते उजुरी दर्ता गर्‍यो । अन्य आरोपितहरू फरार छन् ।

अन्य

भिडियो