१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आवुँखैरेनी गाउँपालिका– ६ डिहिखेतका ३१ वर्षीय दिपेश गुरुङलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश आत्मदेव जोशीको ०८० चैत १३ गतेको इजलासले यौन दुर्व्यवहार कसुरमा अन्तिम फैसला गर्दै अभियुक्तलाई एक वर्ष कैद संगै १० हजार जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतीपुर्ती स्वरुप भराउने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिनुभयो ।
पीडित बालिकालाई गुरुङले २०८० असोज ७ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाको अभिभावकले असोज ८ गते इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण असोज ८ गते दमौली अस्पतालमा गरिएको थियो ।