INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आराेपित गिरफ्तार

विवाह गर्न भनी व्यास नगरपालिका– ५ स्थित परासर आश्रमको मन्दिरमा पुगेका बारा जिल्लाका २० वर्षीय युवक र खोटाङ जिल्लाकी १८ वर्षीया बालिकालाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।

विवाह गर्न मन्दिरमा पुगेका उनीहरुले सोही मन्दिरमा घुम्दै गएका तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीलाई यो मन्दिरमा विवाह गर्न पाइन्छ भनेर सोधेपछि सहायक प्रजिअ भण्डारीले उमेर कति भयो भनेर सोद्धा बालिकाले १८ वर्ष भयो भनेपछि सहायक प्रजिअ भण्डारीले प्रहरीलाई बोलाउनुभएको थियो । प्रहरी आई दुवैजनालाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय लगेको सहायक प्रजिअ भण्डारीले बताउनु भयो ।

२० वर्ष नपुगिकन विवाह गर्न नपाउने कानुन भएको कारण उनीहरुलाई नियन्त्रणमा लिई अभिभावक बोलाएर जिम्मा लगाएर पठाउने तनहुँका एसपी अपिलराज बोहोराले बताउनु भयो ।

दुवैजनाको अभिभावकलाई खबर पठाइसकिएको र अविभावक आएपछि जिम्मा लगाएर पठाउने एसपी बोहोराले बताउनु भयो ।

अन्य

भिडियो