१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका –१३ का २४ वर्षीय पारस कसेरालाई चैत ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई चैत ५ गते होटेलमा लगेर बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडितपक्षले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आराेपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ९ गते जिल्ला अस्पतालमा भयो ।