बोदे बर्साइननगरपालिका–५ स्थितमाउण्ट एभरेष्ट पाराडाइज एकेडेमीमा कक्षा ४ मा अध्ययनरत ११ वर्षीय बालकलाई ०८० चैत १० गते विज्ञान शिक्षक बोदे बर्साइन नगरपालिका–५ का कमल यादवले कालो पाइपले कुटपिट गरेका छन् ।
गृहकार्य नबनाएको रिस आवेगमा शिक्षकले कुटपिट गरेको र घरमा नबताउन भनेको पीडितले बताउनु भयो । खडक नगरपालिका–११ बनौली निवासी पीडित बालकआमासँग बोदे बर्साइन नगरपालिका–५ स्थित डेरामा बसेर पढदै आएका छन् ।
दुबै हात समातेर बालकको तिघ्रामा धेरै पटक कुटपिट गर्दा निलडामका साथै सुन्निएको छ । आमाले राती तेल लगाउँदा दुखेको भन्दै निलडाम देखाएपछि घटना बारे सोधपुछ गर्दा जानकारी पाएको आमा सजनकुमारी साहले बताउनु भयो । पीडितको बोदे बर्साइन नगरपालिका स्थित शत्रुघ्न अस्पतालमा उपचार भएको छ । आरोपित शिक्षक, प्राचार्य दिलिपकुमार चौधरी र संस्थापक मनोजकुमार चौधरीले चैत ११ गते क्षमायाचना गर्दै आगामी दिनमा विद्यार्थीहरुलाई शारीरिक सजाय नदिने प्रतिबद्धता जनाए ।