१४ वर्षीया बलात्कार पीडित बालिकाको परिवारलाई न्यायीक प्रक्रियामा अगाडि बढ्न इन्सेकले आर्थिक सहयोग गरेको छ ।
पीडित बालिकाको आमाले कमजोर आर्थिक अवस्थाका कारण न्यायीक प्रक्रियामा जान समस्या भएको भन्दै सहयोग गरिदिन आग्रह गर्दै ०८० चैत १० गते निवेदन दिनुभएको थियो ।
उक्त निवेदनका आधारमा इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तले चैत ११ गते पीडित बालिकाकी आमालाई पाँच हजार रुपियाँ सहयोग प्रदान गर्नुभएको हो ।
बालिकालाई निसीखोला गाउँपालिका– १ देविस्थानका ३० वर्षीय विजय शाहीले बलात्कार गरि गर्भवती बनाएको भन्दै ०८० चैत ९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी परेको छ ।
पीडित पक्षको उजुरी पछि प्रहरीले आरोपित शाहीको खोजि गरिरहेको छ ।
बालिका ०८० चैत ९ गते धौलागिरी अस्पताल बागलुङमा सुत्केरी भई हाल आमा र बच्चाको स्वास्थ्य उपचार भइरहेको छ ।