INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा जन्मकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  पञ्चकन्या गाउँपालिका–२ का १८ वर्षीय मदन मिजारलाई जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले चैत ५ गते जन्मकैदको सजाय र सात लाख रूपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतकी स्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७९ असोज १० गते बलात्कार गरेको भन्दै पीडितकी हजुरआमाले  जिल्ला प्रहरी कार्यालयमा ०७९ असोज ११ गते उजुरी दिन् भएको थियो ।

 प्रहरीले आरोपितलाई असोज ११ गते गिरफ्तार गरी जिल्ला अदालतमा पेश गरेकोमा जिल्ला अदालतको ०७९ कात्तिक २ गते आदेश अनुसार पुर्पक्षको लागि थुनामा रहेका थिए ।

 पीडितको स्वास्थ्य परीक्षण असोज  ११ गते  त्रिशूली अस्पतालमा  गरिएको थियो ।

अन्य

भिडियो