१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–४ राजपुरका २० वर्षीय भोजराज भुललाई ०८० चैत ४ गते १३ वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश डल्लुराज चौधरीको इजलासले कसूर ठहर गरी १३ वर्ष कैद सजाय, ५ लाख जरिवाना र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार मानबहादुर विष्टले बताउनु भयो ।
पीडित बालिकालाई २०७९ भदौ २२ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ भदौ २३ गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७९ असोज ७ गते पुर्पक्षका लागि कारागार थुनामा पठाइएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७९ भदौ २३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।