१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई चैत ५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८० चैत ४ गते विद्यालय गएको अवस्थामा प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अन्सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते चौतारा अस्पतालमा गरिएको छ ।