धुर्कोट गाउँपालिका–५ गान्टारीकी ६० वर्षीया हुमकला भण्डारीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पति ६६ वर्षीय भेषराज भण्डारीलाई ०८३ असार १७ गते गिरफ्तार गरेको छ ।
भण्डारीले जंगली जनावर (बँदेल) नियन्त्रणका लागि बारीमा प्रवाह गरिएको विद्युतीय करेन्टमा परेर पत्नीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी बिरेन्द्र वीर बिश्वकर्माले बताउनुभयो । भण्डारीले आफ्नै घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको बारीमा जंगली जनावरबाट बाली जोगाउने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गर्नुभएको थियो । घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो तर उपचारका क्रममा चिकित्सकले असार १७ गते मृत घोषणा गरेको बिश्वकर्माले बताउनुभयो । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
शवको पोस्टमार्टम असार १७ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।