बराहक्षेत्र नगरपालिका-८ का ३५ वर्षीय पत्रकार कृष्ण भट्टराईले समाचार सङ्कलनका क्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ ।
समाचार सङ्कलनका लागि इटहरी उपमहानगरपालिका परिसरमा पुगेका बेला नगर प्रहरीले चैत १ गते मोवाइल र क्यामारा खोसी दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप छ ।
सिटीसफारी चालकहरूले गरेको आन्दोलनको फोटो तथा भिडियो खिच्ने क्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले मोवाइल र क्यामरा खोसेको पीडित पत्रकारको आरोप छ ।
शिलापत्र डटकमा कार्यरत पत्रकारले ०८० फागुन ३० गते अनलाइनमा “अदालतको मुद्दा जित्न बनाइयो किर्ते कानुन इटहरीको शिक्षा ऐनमा पालिकाबाटै चलखेल” शीर्षकको समाचार लेखेको र सोही विषयलाई लिएर दुर्व्यवहार गरिएको पीडित पत्रकारको आरोप छ । घटनाको पत्रकारहरूले विज्ञप्ति जारी गरी विरोध गरेका छन् ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
