INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा कैद र जरिवाना

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बाल सुधार गृहमा रहेका १५ वर्षीय बालकलाई ०८० फागुन ३० गते कैद र जरिवानाको सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले आरोपित बालकलाई ६ वर्ष कैद र ५० हजार रुपियाँ जरिवानाका साथै फौजदारी कसुर पीडित राहत कोषमा १० हजार रुपियाँ जम्मा गर्नुपर्ने फैसला भएको छ ।

स्रेस्तेदार कृष्णप्रसाद अधिकारीका अनुसार जिल्ला अदालतका तत्कालिन न्यायाधीश हेमन्त रावलको इजलासले आरोपित बालक वैशाख २८ गतेदेखि बालसुधार गृह वीरगञ्जमा छन् ।

आरोपितले ०७९ माघ १४ गते राति बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा माघ २५ गते उजुरी दिनुभएको थियो । गाउँटोलमै अनिल रामको आमाको मृत्युको श्राद्धको भोज खान गइरहेका बेला आरोपितले ललाई फकाई एकान्त रहेको शिवनारायण साहको आँपको बगैचामा लगि बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितका अनुसार आरोपितले अश्लिल भिडिओ र फोटो खिचेर सो भिडिओ देखाई ब्ल्याकमेल गरी पटक–पटक बलात्कार गरे ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ माघ २६ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो । जिल्ला प्रहरी कार्यालयले ढिलो गरेर फागुन १९ गते उजुरी दर्ता गर्‍यो । आरोपितविरुद्ध जिल्ला अदालतबाट फागुन २६ गते पक्राउ पुर्जी जारी भयो । आरोपित बालक वैशाख ११ गते गिरफ्तार भए । जिल्ला अदालतमा वैशाख २७ गते अभियोग पत्र दायर भएकोमा आरोपित वैशाख २८ गतेदेखि बालसुधार गृहमा छन् ।

अन्य

भिडियो