३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० फागुन २५ गते बरहथवा नगरपालिका–७ का ३४ वर्षीय दिपेश कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।
पीडितलाई फागुन १८ गते आरोपितले आफ्नै किराना पसलमा बोलाइ कोही नभएको मौका छोपि धाक धम्की दिई बलात्कार प्रयास गरेको गरेको पीडित महिलाले बताइन् ।
घटना पश्चात आरोपितविरुद्ध उजुरी दर्ता गराए लगत्तै आरोपित फरार रहेकोले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बरहथवाका ईन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।