INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मेलम्ची नगरपालिका–८ स्थित केउरिनी स्थायी घरभई भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–३ झौखेल बस्दै आएकी २१ वर्षीया पवित्रा राईको हत्या गरेको आरोपमा पति २५ वर्षीय सन्तोष भुजेललाई प्रहरीले ०८० फागुन २५ गते गिफ्तार गरेको छ ।

आरोपितले पत्नी २१ वर्षीया पवित्रालाई फागुन २४ गते बेलुकी कुटपिट गरी घाइते बनाएकोमा भक्तपुर जिल्ला अस्पतालमा उपचारको क्रममा पीडितको सोही दिन मृत्यु भएको थियो ।

आरोपित बिरुद्ध फागुन २५ गते पीडितको पक्षबाट स्थानीय मनोजकुमार बुढाथोकीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताउनुभयो ।

शवको पोष्टमाटम भक्तपुर जिल्ला अस्पतालमा ०८० फागुन २५ गते गरिएको र सोही दिन आफन्तले सद्गत गरेको मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले बताउनुभयो ।

अन्य

भिडियो