INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

राम्राे बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–१० फुलजोरका ३५ वर्षीय टेके सार्की रम्तेललाई ०८० फागुन २४ गते इलाका प्रहरी कार्यालय केशरगंजले गिरफ्तार गरेको छ ।

आरोपित सार्की रम्तेलले पीडित बालिकालाई ०८० वैशाख ७ गते बलात्कार गरेको भन्दै जेठ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिनु भयो ।

आरोपित सार्की रम्तेललाई ०८० फागुन २४ गते गिरफ्तार गरी फागुन २५ गते जिल्ला अदालतबाट एक हपताको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर सविन कार्कीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियाे ।

अन्य

भिडियो