INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौमूले गाउँपालिका–२ बालुवाटारका १९ वर्षीय सूर्य गिरी प्रहरीले फागुन २२ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले फागुन २१ गते प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्रसिंह बिष्टले जानकारी दिनुभयो ।

आफन्तको घरमा सुतिरहेको बेला फागुन १९ गते बालिकालाई बलात्कार भएकोे पीडित पक्षले दिएकाे उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २२ गते जिल्ला अस्पतालमा भएकोे छ ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भइसकेको र घटनाको अनुसन्धान थालिएको इन्स्पेक्टर बिष्टले बताउनुभयो ।

अन्य

भिडियो