INSEC Online

📅 २०८३ जेष्ठ २१

मंगला गाउँपालिकाको कुहुँमा अझै पनि घरमै सुत्केरी हुने महिलाको संख्या कायमै

मंगला गाउँपालिका– १ कुहुँ क्षेत्रमा अहिले पनि गर्भवती महिलाहरु घरमै सुत्केरी हुने गरेको पाइएको छ ।

जिल्ला खोप समन्वय समितिकिा प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा कुहुँ स्वास्थ्य चौकी पुग्दा गर्भवती महिलाहरु अझै पनि घरमै सुत्केरी हुने गरेको पाइएको हो । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले भन्नुभयो–‘खोपको अनुगमनका लागि आएका थियौं स्वास्थ्य चौकीको अनुगमनका क्रममा घरमै सुत्केरी हुने गरेको तथ्य पनि भेटियो ।’ खोप लगाएको अवस्था निकै राम्रो देखिएको र कुँहु क्षेत्रमा लक्षित बालबालिकाले खोप लगाउन पाएकोे उहाँको भनाई छ ।

चालु आर्थिक वर्षमा २५ जना महिलाहरु गर्भवती भएकोमा हाल सम्म सुत्केरी भएका मध्ये दुई जना घरमै सुत्केरी भएका छन् भने अन्य सबै तोकिएको स्वास्थ्य संस्थामा सुत्केरी भएको मंगला गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख लेखनाथ रोकाले जानकारी दिनुभयो । “नियमित गर्भजाँच तथा जन्मेका बालबालिकालाई खोपका लागि प्रयास गरी रहेको भए पनि दुई जना महिला घरमै सुत्केरी भएकोले गर्दा यो वर्ष हामीले शुन्य होम डेलिभरी नीति कार्यान्वयनमा पछि परेका छौ”–उहाँले भन्नुभयो ।

मंगला गाउँपालिकाको १ नंम्बर वडामा २० वर्ष उमेरका २० जना महिलाहरु गर्भवती भएकोमा दुई जना घरमै सुत्केरी भएको तथ्याङ्कले देखाएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो । २८ वर्षीया हरिकला परियार र ३२ वर्षीया मिना रोका घरमै सुत्केरी हुनुभएको हो । उहाँहरुलाई कुँहुमै रहेको बर्थिङ सेन्टरमा सुत्केरी हुनका लागि ल्याउन खोजेको भए पनि घरमै सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रोकाले बताउनुभयो ।

गाउँपालिका भित्र सात जना २० वर्ष भन्दा कम उमेरका महिलाहरु सुत्केरी भएका छन् । मंगला गाउँपालिकाको बुकेनी र अर्मन बर्थिङ सेन्टरमा तीन ÷ तीन जना र बाबियाचौरमा एक जना सुत्केरी भएको रोकाले जानकारी दिनुभयो ।

Home Delivari

अन्य

भिडियो