INSEC Online

📅 २०८३ जेष्ठ २१

जेष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

रसुवा उत्तरगया गापा–३ ठूलोगाउँ घर भई नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा बस्दै आएको ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद भट्टको किस्पाङ गापा–५ को खत्रीकुना जङ्गलमा हत्या गरिेको आरोपमा रसुवा जिल्ला कालिका गाउँपालिका–२ का ४१ वर्षीय अनिल भुसाल भन्ने चेतबहादुर दमाई र ३१ वर्षीया दीपा भट्ट भुसाललाई प्रहरीले फागुन १७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले बताउनु भयो ।

आरोपितद्वय पति पत्नी हुन् । फागुन १५ गते वृद्धलाई जङ्गलमा लगि दाउराले टाउकोमा प्रहार गरी हत्या गरी फरार रहेका आरोपितलाई फागुन १७ गते राती काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । शवको फागुन १६ गते त्रिशुली अस्पतालमा पोष्टमार्टम गरियो ।

आरोपितहरुलाई फागुन १८ गते जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखि अनुशन्धान अघि बढाइएको डिएसपी खड्काले बताउनु भयो । आरोपित सार्वजनिक कार्यक्रममा पुरानो रिसइवीको कारण वृद्धको हत्या भएको प्रारम्भिक अनुषन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो