१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चक्रघटा गाउँपालिका–४ का २९ वर्षीय मो. दिवान मिकरानीविरुद्ध पीडित पक्षले ०८० फागुन १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।
पीडितलाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
घटना पश्चात आरोपित मिकरानी फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।