अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका संयोजक खडकराज जोशीको नेतृत्वको इन्सेक टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र जिल्ला प्रहरी कार्यालयका डिएसपी कुलदिप चन्दसँग ०८० फागुन १७ गते भेटघाट गरी जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वितरण गरिएको छ ।

इन्सेक प्रदेश संयोजक जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गर्दै विगत वर्षको तुलनामा मानव अधिकार उल्लङ्घनका घटनाहरुमा सुधार भए पनि मानव अधिकारको संरक्षण र जिल्लाको शान्तिसुरक्षाका लागि राज्यका निकायहरु थप सम्वेदनशिल हुन पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ ग्रहण गर्दै विगतमा भएका कमिकम्जोरीहरुलाई सुधार गरी जिल्लामा मानव अधिकार संरक्षण र शान्तिसुरक्षा कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले मानव अधिकार उल्लङ्घनका घटनामा पहिले भन्दा केही सुधार भएको र सुधार हुने क्रममा रहेको बताउनु भयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कैलालीका इन्र्चाज सरस्वती अधिकारीले महिलाका पक्षमा धेरै कानुनहरु निर्माण भएका कारण पनि महिला हिंसाका घटनाहरु सतहिरकणमा सहयोग पुगेकोे बताउनु भयो ।
