INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१९ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा लम्कीचुहा नगरपालिका–२ का ३७ वर्षीय श्याम चौधरीलाई ०८० फागुन १४ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५० हजार क्षतिपुर्ति र १ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार मानबहादुर विष्टले बताउनु भयो ।

पीडित महिलालाई ०७८ भदौ २ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ असोज २१ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०७८ कात्तिक १५ गते पुर्पक्षका लागि कारागार पठाएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७८ असोज २१ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

यसैगरी १५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको कसूरमा घोडाघोडी नगरपालिका–१ जनकपुरका १९ वर्षीय हिमाल सापकोटा र २२ वर्षीय यशु सापकोटालाई फागुन १४ गते १३ वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी १३ वर्ष कैद सजाय, जनही ५ लाख जरिवाना, २ लाख क्षतिपुर्ति र २० हजार पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार मानबहादुर विष्टले बताउनु भयो ।

पीडित बालिकालाई २०७९ भदौ २१ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध २०७९ भदौ २३ गते ईलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७९ असोज २६ गते पुर्पक्षका लागि कारागार पठाइएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ भदौ २४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो