माडी गाउँपालिका–१ जयलखसेकी २८ वर्षीया मनकुमारीलाई पति ३२ वर्षीय भीमबहादुर बुढाले फागुन ११ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आरोपतलाई फागुन ११ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०८० फागुन ११ गते पत्नी मनकुमारीलाई घाँटीमा चक्कु जस्तो देखिने हतियारले प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामनारायण गुप्ताले बताउनु भयो ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय, घर्तीगाउँबाट खटिएको प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर गुप्ताले बताउनु भयो ।
बुढाको घरमा १२ वर्षीय छोरा र पाँच वर्षीया बालबालिका रहेका छन् । स्थानीयहरूका अनुसार दम्पती बिचमा घरायसी विवाद भएका कारण दुर्घटना भएको हो ।
घटनाको बारेमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारूमगरले बताउनु भयो ।
शवको पोष्टमार्टम फागुन १२ गत जिल्ला अस्पताल रेउघा गरी शव आफन्तलाई जिम्मा लगाइएको छ ।