INSEC Online

📅 २०८३ जेष्ठ २१

याैन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

११ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेको आरोपमा नवराजपुर गाउँपालिका-२ का ६५ वर्षीय रामबाहादुर यादव विरुद्ध पीडितकी आमाले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा ०८० फागुन ८ गते उजुरी दिनु भयाे ।
आरोपितले बालिकालाई माघ २५ गते याैन दुर्व्यवहार गरेकोले करबाहीको लागि उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयाे ।
बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिराहामा फागुन ८ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर गोविन्दलाल कर्णले आरोपित फरार रहेकोले  खोज तलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो