INSEC Online

📅 २०८३ जेष्ठ २१

अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्छः अध्यक्ष अर्याल

अभिव्यक्ति स्वतन्त्रताको अधिकार राजतन्त्रमा अध्यारो भएपनि अहिले गणतन्त्रमा उज्यालो पक्ष रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनुभयो ।

पोखरामा आयोजित लिटरेचर फेस्टिभल अन्तर्गत ‘संकटमा अभिव्यक्ति स्वतन्त्रता’ विषयक सत्रमा बोल्दै अर्यालले उक्त अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले हिजो राजतन्त्र हुँदा अभिव्यक्ति स्वतन्त्रता थिएन तर मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा अभिव्यक्ति स्वतन्त्रता छ भन्ने कुरामा विश्वास गर्ने पर्याप्त आधारहरु रहेको बताउनुभयो ।  उहाँले टिकटकलाई प्रतिबन्ध लगाउँदा गरिएको तर्क संविधान र कानुन अनुरूप नरहेको बताउनुभयो । ‘टिकटकलाई प्रतिबन्ध लगाउँदा जुन तर्क दिइएको छ त्यसलाई हाम्रो संविधान र कानुनले समर्थन गर्दैन’  अर्यालले भन्नुभयो ।

साथै उहाँले मिडियाको स्वतन्त्रताको बारेमा पनि सम्पादक तथा पत्रकारको समाचार लेख्ने स्वतन्त्रताको बारेमा पनि बोल्नुभएको थियो । उहाँले मिडियाहरु कसैको दबावबाट नभइ स्वतन्त्रपूर्वक समाचार लेख्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

साथै उहाँले इन्टरनेट तथा सामाजिक सञ्जाल भनेको अहिलेको मानवको अभिव्यक्ति व्यक्त गर्ने माध्यम रहेकाले अहिले टिकटक बन्द गर्नु भनेको मानवको अभिव्यक्ति स्वतन्त्रताको हनन हुनु रहेको बताउनुभयो ।

photo20240217kaski

अन्य

भिडियो