INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियामा पहिलो समलिङ्गी विवाह दर्ता

बर्दिया जिल्लामा पहिलो समलिङ्गी जोडीले विवाह दर्ता गराएका छन् । बढैयाताल गाउँपालिका– २ को वडा कार्यालयमा समलिङ्गी जोडीले माघ २८ गते बिवाह दर्ता गरेको हुन् ।

बढैयाताल गाउँपालिका –२ की ३३ वर्षीया अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके जिल्ला कोहलपुर नगरपालिका–५ की ३३ वर्षीया सुप्रिता गुरुङ्गको जोडीले कानुन रूपमा विवाह दर्ताको प्रमाण पत्र लिएका छन् ।

विवाह दर्ताका लागि  माघ ४ गते  वडा कार्यालयमा निवेदन दिएका थिए । उक्त निवेदनको बारेमा पञ्जीकरण विभागमा ‘समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन मागेको वडा अध्यक्ष डिलादेव गिरीले बताउनु भयो ।

संविधान सभा सदस्य सुनिलबाबु पन्तले  आफैले सर्वोच्च अदालतले असार १२ गते  दिएको आदेश र विभागको पत्र तथा यस अघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाण पत्र लिएर आउनु भएको थियो  ।

अदालतको आदेश  अनुसार तत्कालको लागि अस्थाई विवाह दर्ताको प्रमाण पत्र  दिएको वडा अध्यक्ष गिरीले बताउनु भयो । ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक  (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी)  सर्वोच्च अदालतको  आदेश अनुसार अस्थायी विवाह दर्ताको प्रमाण पत्र दिएको छ । यसले अस्थायी विवाह दर्ताको मान्यता पाएपनि स्थायी विवाह दर्ताको मान्यता पाउन कानुन निर्माण जरूरी  रहेको छ । ’ गिरीले भन्नु भयो ।

स्थानीय पञ्जीकाधिकारी एवं वडा नं. २ का वडा  सचिव दीपक नेपालीले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको आदेश अनुसार विवाह दर्ता गरिएको बताउनु भयो ।

दीप्ति र सुप्रिता दबैको जोडीले पाएको विवाह दर्ताको कानुनी मान्यतासँगै  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको वैवाहिक अधिकार सुनिश्चित भएको छ ।

अन्य

भिडियो